एलाइट कप क्रिकेट हुने, चार टिमको सहभागिता रहने

१९ पुष, २०८१, शुक्रवार
सारांश
  • वीरगन्जको नारायणी क्रिकेट मैदान र जनकपुरको रामजानकी अन्तर्राष्ट्रिय क्रिकेट मैदान गरी दुई स्थानमा यो प्रतियोगिता हुने पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले जानकारी दिए ।

पर्सा :  पर्साको बिरगंजमा हुने एलाइट (जय ट्रफी) कप क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पुस २१ गतेदेखि दुई दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन लागेको हो ।


वीरगन्जको नारायणी क्रिकेट मैदान र जनकपुरको रामजानकी अन्तर्राष्ट्रिय क्रिकेट मैदान गरी दुई स्थानमा यो प्रतियोगिता हुने पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले जानकारी दिए । उनका अनुसार प्रतियोगिताका लागि नारायणी क्रिकेट मैदानमा पिच निर्माण र मैदानको स्तरोन्नती गरिएको छ ।


क्यान र वीरगन्ज महानगरपालिकाको समन्वयमा पिच निर्माणदेखि मैदानको स्तरोन्नती सम्भव भएको सिंहले बताए। तर दर्शक बस्ने व्यवस्था गर्न नसकिएको उनको गुनासो छ ।मैदानबाहिर बसेर खेलाडीलाई प्रोत्साहन गर्न उनले आग्रह गरेका छन ।


यस प्रतियोगितामा गत वर्ष सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोलीलाई सहभागी गराउन लागिएको हो।‘जय ट्रफी मेन्स एलाइट कप’ नामाकरण दिइएको प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेस प्रदेश गरि चार टिमको सहभागिता रहनेछ । 


माघ ३ गतेसम्म उक्त  प्रतियोगिता चल्ने पर्सा क्रिकेट संघले जनाएको छ । क्यानका पूर्वअध्यक्ष स्वर्गीय जयकुमार नाथ शाहको नाममा यो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार